सेयर बजारमा ११ अर्ब भन्दा बढीले कारोबार, अघिल्लो दिनको तुलनामा रकम घट्यो

अर्थ/वाणिज्य देश/विदेश समाचार

काठमाडौं । सेयर बजारमा अघिल्लो दिनको तुलनामा दुई दशमलव ४१ अंकले वृद्वि भएको छ ।

आज दिउँसो १२ बजे दुई हजार सात सय ६३ अंकसम्म पुगेको नेप्से बजार सोही वृद्वि टिक्न नसकेर ११ अर्ब ८७ करोडको कारोबारमा पुगेको हो । अघिल्लो दिन १२ अर्ब ९५ करोडको कारोबारहुँदा सोमबार सामान्य अंकमा बढ्दा कारोबार रकम भने घटेको छ । ९७ कम्पनीको मूल्य बढ्दा एक सय ३७ को घट्यो, भने ८ वटा कम्पनीको भने स्थिर नै रहेको छ । यस्तै तीन सय ९ वटा कम्पनी कारोबारहुँदा, एक लाख ११ हजार ९ सय १८ पटक सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी फाइनान्स समूह एक दशमलव सात प्रतिशतले घटेको छ, भने सबैभन्दा कम होटेल तथा पर्यटन शून्य दशमलव एक प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, बरुण हाइड्रोपावर, साहस ऊर्जा र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *