काठमाडौं । चितवनमा खसी बोका बोकेको मिनीट्रक बिहान करिब साढे ६ बजे दुर्घटनामा परेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिन प्रहरी प्रवक्ताका अनुसार बर्दियाबाट एक सयभन्दा बढी खसी बोका काठमाडौंतर्फ ल्याउँदै गर्दा भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा दुर्घटनाहुँदा १९ वटा खसी बोका मरेको जनाएको हो ।
आज बिहान नै चितवनमा नेपालगन्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेतीदोभानमा दुर्घटना भएको थियो । बिहान साढे ४ बजे २८ जना सवार बस दुर्घटना हुँदा २५ जना घाइते भएको जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।