काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा एक जना महिलामाथि सांघातिक हमला प्रयास भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले पारिवारिक अंशबण्डाको विषयमा स्थानीय उषा तामाङमाथि उनकै आफन्त पर्ने भीमेश्वर नगरपालिका-५ का सुन्दर अधिकारीले खुकुरी प्रहार प्रयास गरेको जानकारी दिएको छ । सोमबार स्कुल नजिकै उनीमाथि आक्रमण प्रयासहुँदा स्थानीयले बचाएका थिए ।
तामाङ बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिकासमेत हुन् । अंशबन्डाका विषयमा पारिवारिक विवाद अहिले अदालतमा पनि विचाराधीन रहेको खुलेको छ। साथै घटनाको विषयलाई लिएर उजुरी पनि परेकोले अब कानूनी प्रक्रियामा आरोपीलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने समेत प्रहरीले जनाएको छ ।