जथाभावी औषधिको सेवनले गायिका एभरीलाई लाग्यो दुलर्भ रोग

देश/विदेश मनोरञ्जन

काठमाडौं । चर्चित गायिका एभरीलाई हाडसम्बन्धी दुर्लभ रोग लागेको छ । हालै ३० वर्षिया गायिकाले सामाजिक सञ्जालमा भिडियोमार्फत पछिल्लो केही वर्षदेखि आफुले डक्टरको सल्लाह बिना मधुमेहका रोगीले खाने औषधिको अधिक सेवनले साइड इफेक्टका कारण उनलाई यो रोग लागेको बताएकी छिन् ।

उनले आफ्नो अनुभव सेय गर्ने क्रममा गायिकाले मधुमेह, मोटोपना भएकाहरूलाई दिइने औषधि खाइरहेकी थिइन् । तर यो औषधिको सेवनका कारण गायिकालाई ओस्टियोपोरोसिस भएको छ । चेकजाँचको क्रममा डाक्टरले उनलाई हड्डी पातलो बनाउने दुर्लभ रोग लागेको बताए । एक वर्षसम्म ओजोम्पिक नामक औषधि खाएपछि एभरीलाई ओस्टियोपोरोसिस भएको भनिएको छ । इटिङ डिस्अर्डरको सिकार भएपछि गायिकाले तौल घटाउने औषधिको साहारा लिएकी थिइन् ।

मोटो भएकै कारण आफूलाई रेकर्ड लेबलबाट निकालिएको पनि उनले बताइन् । आफू सुन्दर हुन अनि सफल हुन ओजेम्पिकको सेवन जरुरी भएको जस्तो आफूलाई लागेको पनि उनले बताइन् । भिडियोमा एभरीले कुरा गरेको औषधि ओजेम्पिकलाई सुइमार्फत टाइप २ मधुमेह र मोटोपनाको शिकार भएकाहरूलाई रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र तौल घटाउन सहयोग हुने गरी तयार पारिएको छ । तर यो औषधिले हड्डी कमजोर बनाउने अध्ययनहरूले देखाइरहेका छन् ।

आफ्नो भिडियोमा, एभरीले फ्यानहरूलाई डाक्टरको सल्लाह बिना कुनै पनि औषधि नखान अनुरोध गरेकी छिन् । यस्तो औषधिको साइड इफेक्ट हुन सक्छ र गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने पनि उनले बताइन् । आफ्नो स्वास्थ्यप्रति सचेत रहन र डाक्टरसँग परामर्श लिन पनि उनले सल्लाह दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *