मःम पसलमा ग्यास विस्फोट घटनामा चार जनाको मृत्यु

विविध समाचार

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा गएराति करिब पौने १२ बजे मृत्यु भएको काठमाडौं जिल्ला परिसरले जनाएको छ । यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।

घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो । अन्य घाइतेको उपचार जारी नै रहेका प्रहरीले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *