एक बालकको हत्यामा संलग्न दुई जना किशोरलाई पक्राउ

विविध समाचार

काठमाडौं । दैलेखमा ११ वर्षीय बालकको हत्यामा संलग्न दुई जना किशोरलाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख जिल्ला प्रहरी कार्यालयका अनुसार दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगका सोही ठाउँका १४ वर्षीय र १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको जनाएको हो ।
चोरीका सुनका गहना बिक्री गर्ने बेलामा विवाद हुँदा बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएको उनिहरुले बयानमा उल्लेख गरेका छन्। ११ वर्षीय ती बालक माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन हुँदा घर परिवारले वरपर सबैलाई सोधपुछ गर्दापनि बालक फेला नपरे पछि माघ २६ गते परिवारले इलाका प्रहरी कार्यालय दुल्लुमा खोजतलासका लागि निवेदन दिएका थिए । सोही आधारमा अनुसन्धान गर्दा ती बालकको हत्या भएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *