काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको विवरण सार्वजनिक गरेको छ ।
काठमाडौंमा सम्पन्न १२ औं महाधिवेशन पश्चात पहिलो पत्रकार सम्मेलन गर्दै पदाधिकारी तथा सदस्यहरुको विवरण सहित कार्यभारहरुलाई २८ बुँदामा समायोजन गरी सार्वजनिक गरेको छ । संगठन स्थापना भएको ३४ वर्ष बितिसक्दा पनि निजामती कर्मचारी संगठनको हक हितका लागि मात्र नभएर राष्ट्र रुपान्तरणका सवालमा जनचाहाना अनुसार निरंकुश शासन प्रणालीविरुद्व जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहित ट्रेड युनियनको पक्षमा आवाज बुलँद रुपमा यसले उठाउँदै आइरहेको जारी विज्ञप्तीमा बताइएको छ ।
महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफ्नो कार्यकालमा मुलुकको सार्वजनिक प्रशासन र निजामती प्रशासनको समृद्विमा योगदान पुर्याउने गरी नीति निर्माण र संगठनको संस्थागत सुदृढीकरणको अभियानका साथ अगाडि बढ्ने प्रतिबद्वता पनि व्यक्त गरेको छ । त्यस्तै महाधिवेशनमा विगत र वर्तमान अवस्थामा भएका कार्यशैलीलाई नजिकैबाट निहाल्दै गत माघ ३० देखि फागुन ३ गतेसम्म सफलतापूर्वक सम्पन्न गरेको छ ।