प्रधानमन्त्री ओलीद्वारा प्रजातन्त्र दिवसको शुभकामना

समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना व्यक्त गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आजको दिन हामी लोकतन्त्रप्रेमी नेपालीमा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले फागुन ७ गते गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण नेपालीहरुको जीवनमा सर्वाधिक महत्वको दिन भएको उल्लेख गरेका छन् । प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्ने गरिएको छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । २००७ साल फागुन ७ गते १०४ वर्षसम्म चलेको राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । आजको दिनलाई अग्रगामी राजनीतिक परिवर्तन र जनताको अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने ऐतिहासिक दिनका रुपमा लिने गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *