काठमाडौैं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी एनप्याब्सनले महाधिवेशनको मिति फागुन १६ र १७ गते सार्वजनिक गरेको हो । २०७८ मा बाँकेको नेपालगन्जमा भएको महाधिवेशनपछि एनप्याब्सन दुई समूहमा विभाजित भएको थियो । आइतबार अध्यक्ष सुवास न्यौपानेको समूहले महाधिवेशनको मिति र स्थान सार्वजनिक गरेको हो ।