काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान भएको छ ।
खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क.बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त माग गरेको हो ।