राष्ट्र बैंक मौद्रिक नीति समीक्षाको तयारीमा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले तयार गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज हुँदैछ ।

मौद्रिक नीतिको प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा सार्वजनिक गर्नुपर्ने भएकोले आजै तयारी गरिएको हो । मौद्रिक नीतिलाई सञ्चालक समिति बैठकले पारित गर्ने गरी आज बेलुका  बैठक बोलाइएको एक अधिकारीले जानकारी दिएका छन् । यस अनुसार बिहीबारसम्ममा समीक्षा सार्वजनिक गर्नुपर्ने थियो । बुधबार बिदा भएका कारण आज नै समीक्षा गर्न लागिएको ती अधिकारीले बताएका छन् ।

मौद्रिक नीतिको समीक्षा गर्ने भएपनि यस पटक पनि ठुलो नीतिगत परिवर्तन हुनसक्ने सम्भावना नरहेको स्रोतले जानकारी दियो । हाल नीतिगत दर ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा ६दशमलव ५ प्रतिशत रहेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले गर्ने अन्तिम नीतिगत निर्णयको रुपमा लिइएको यो समीक्षामा गभर्नर अधिकारीले केही सहुलियतका कार्यक्रम घोषणा गर्छन् भन्ने अपेक्षाबिच ठुलो नीतिगत परिवर्तन नहुने अवस्था रहेको बताइएको हो । राष्ट्र बैंकले पहिलो त्रैमासमा पनि राष्ट्र बैंकले मौद्रिक नीतिमा कुनै परिवर्तन गरेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *