काठमाडौं । आफैं विज्ञ, आफै सिद्धान्तकार, आफैं योजना विद्का रुपमा परिचित प्रधानमन्त्री केपी ओली आफैंले खनेको खाडलमा पदैछन् । सत्त सहभागी दल जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पाटीलेसमेत प्रधानमन्त्री केपी ओलीको एकाटी शेलीको चर्काे विरोध गरेका छन् । अधयादेश ल्याउँदा सत्ता समर्थक र सहयात्रीको कनै भाउ नराखी आफन्ै स्वार्थमा संसद छलेर ६ वटा अध्यादेश ल्याएपछि सहयात्रीहरु आक्रोशित बन्न पुगेका थिए ।
नेपाली कांग्रेसले समेत प्रधानमन्त्री ओलको एकलकाटे शैलकिो विरोध गर्न छाडेन । आफ्नो स्वार्थका काम जसरी पनि लागु गर्ने जनता र राष्ट्रको हित नहेर्ने प्रधानमन्त्री केपीलाई पार्टी विभाजनको व्यक्ति बनाए । उनले सहयात्री वामपन्थी छिन्न भिन्न बनाएर आफै ठूलो दलको नेता बनेर सविधानको धारा ६५(५) को सरकारको प्रधानमन्त्री बन्ने भुत जागेको हो ।
कांग्रेसले दल फुटाउन स्वीकृति दिएको भए केपी ओली आज ९० जना सांसदको नेता बन्थे । उनको दाउ माधव नेपालका पाँचजना अशोक राईका ७ जना सांसद पार्टीमा मर्ज गराउने थियो । माओवादीका प्रचण्ड र एकीकृतका माधव मात्र होइनन्, ओलीले आफ्नो गल्ती औल्याउने डा.भीम रावललाई पार्टीबाट हटाए ।
एमालेभित्र एकलौटी निर्णय गर्दै आएका प्रधानमन्त्री टीस्टेटमा केन्द्रित थियो । त्यो विधेयकले सार्वजनिक जमिन भूमाफियाकै पकडमा जान्थ्यो । विनोद चौधरी, दीपक मल्होत्राका हितमा काम हुन्थे । नेपाल जस्तो आर्थिक धरातल कमजोर भएको देशमा सेयर कारोबार गर्ने सरकारको निकाय नेपाल स्टक एक्सचेन्ज नयाँ दर्ता गर्दा १५ अर्ब खाने गरी विवादास्पद छविका बिचौलिया दीपक भट्टको हितमा निर्णय हुँदैछ ।
संसद छलेर अध्यादेशमा रमाउन पुगेका प्रधानमन्त्री केपी ओलीले ६ वटा अध्यादेशमा ३९ वटा विधेयक प्रवेश गराएका छन् । जनताभन्दा ठूलो माफियाको भलो चाहने प्रधानमन्त्री केपी ओलीको चौथो कार्यकाल राष्ट्र र जनताको हितमा थिएन । आफु प्रत्यक्ष जोडिएका लुटनन्त्रको छानबिनको फाइल दबाएर काग्रेसकी डा.आरजु देउवाको शरणमा परी वामपन्थी शक्तिको नेतृत्वमाथि प्रहार गरेका प्रधानमन्त्री ओली साउनबाट सत्तामा पुगेका हुन् । दुई तिहाईको घमण्ड देखाएर राज्यको ढुकुटीमा लुट चलाएको सरकार भित्रै कांग्रेसका भ्रष्ट तीन पात्रले लोकतन्त्रको धज्जी उडाउँदा प्रधानमन्त्रीको तर्फबाट ध्यान गएन ।
प्रधानमन्त्री नै महाभ्रष्ट हुन थालेपछि कांग्रेसका गृहमन्त्री रमेश लेखकले सशस्त्र र नेपाल प्रहरीमा भ्रष्टाचार गर्न थालेका हुन् । उर्जामन्त्री आफै नेपाल स्काउटको जमिनको भाडा तिर्दैनन् भने खेलकुद मन्त्री तेजुलाल चौधरीको कार्यक्षमताले खेल क्षेत्र ध्वस्त भएको छ ।