विमानस्थलबाट सुनसहित ४ जना विदेशी नागरिक पक्राउ

विविध समाचार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उज्वेकिस्तानका नागरिक रहेका छन् । गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका तीन महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

अध्यागमनको जाँचपास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरुलाई शंका लागेर जाँच गर्दा आरोपीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७ सय ४५ ग्राम सुन बरामद गरेको छ ।
पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *