उर्जा मन्त्रालयलाई स्पष्टिकरण सोध्ने अधिकार नभएको घिसिङको जिकिर

विविध समाचार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा प्रष्टीकरण बुझाएका छन् । बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधिएका कुलमानले केही समय अघि प्रष्टीकण बुझाएका हुन् ।

कुलमानले आफ्नो उर्जा मन्त्रालयलाई आफुलाई स्पष्टिकरण सोध्ने अधिकार नभएको जवाफ दिएका छन् । उनले निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची–१ को क्र.स. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको उनले उल्लेख गरेका छन् ।

घिसिङलाई ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री स्तरीय निर्णय गरेर स्पष्टीकरण सोध्दै आन्तरिक तथा बाह्य भ्रमण, काज र बिदाका विषयमा प्रश्न सोधेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *