म्याट रोस नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा

खेलकुद समाचार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा अस्टे«लियाका म्याट रोस नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले लामो समयदेखि रिक्त रहेको पदमामा उनलाई आइतबार नियुक्त गरेको हो । प्रमुख प्रशिक्षक म्याट रोससँग एक वर्षका लागि सम्झौता गरिएको एन्फाले जनाएको छ । एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र म्याट रोसले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । गत भदौमा एन्फाले भिनसेन्जो अल्बर्टो एनेसको स्थानमा म्याट रोसलाई प्रमुख प्रशिक्षक बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *