प्रजातन्त्र दिवसमा दलहरुभन्दा राजा ज्ञानेन्द्र किन अगाडि

राजनीति समाचार

रामचन्द्र बस्नेत
नेपालमा जब २००७ सालमा प्रजातन्त्र स्थापना भयो । त्यसपछिका वर्षेनी फागुन ७ गते प्रजातन्त्र दिवस धुमधामले मनाउँदै आइएको थियो । तर, पछिल्लो समय नेपालमा गणतन्त्र स्थापना भएपछि प्रजातन्त्र दिवसलाई विस्तारै ओझेलमा पारिँदै लगिएको छ भने गणतन्त्र दिवसलाई भव्यताका साथ मनाउन थालिएको छ । पहिला प्रजातन्त्र दिवसको अवसरमा कतिपय कैदीबन्दीहरुलाई अपराधको प्रकृति रहेर सजाय माफीमिनाहा दिने चलन थियो । मुलुकमा गणतन्त्र आइसकेपछि प्रजातन्त्र दिवसलाई खासै मान्यता दिइएको पाइँदैन । तर, प्रजातन्त्र दिवस मनाउन छाडेर गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउन थालिएको छ ।

सो गणतन्त्र दिवसमा मबन्दीजीवन बिताइरहेकाहरुलाई पनि आममाफी दिने चलनको थालनी भएको छ । सो अवसरमा विभिन्न अपराधमा मुछिएका व्यक्तिहरुलाई आममाफीसँगै पुरस्कार र सम्मानको व्यवस्था पनि गर्न थालिएको छ । तर, जहानिया निरंकुश राणा शासन व्यवस्थालाई ढालेर स्थापना भएको प्रजातन्त्रलाई ओझेलमा पार्ने काम हुन थालेको छ । निरंकुश जहानिया राणा शासन विरुद्ध लडेर मुलुकमा प्रजातन्त्र स्थापना गर्ने दलका नेताहरुले नै प्रजातन्त्र दिवसलाई ओझेलमा पार्न थालेका छन् ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थामा पनि प्रजातन्त्र दिवसलाई धुमधामका साथ मनाउने गरिन्थ्यो । तर, फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको नाममा शुभकामना मन्तव्य जारी गर्दा राजनीतिक दलका नेताहरुको होसहवास उडेको थियो । सो शुभकामना मन्तव्यमा पूर्वराजा ज्ञानेन्द्रले तत्कालीन राजा त्रिभुवनको स्मरण गर्दै राजा र जनता मिलेर प्रजातन्त्रलाई सवल बनाउन लागिपरेको उल्लेख गरेका थिए । त्योसँगै ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापना गर्नको लागि ज्यानको वाजी राख्ने ज्ञात–अज्ञात सहिदहरुप्रति पनि उच्च सम्मान रहेको उल्लेख गरेका थिए ।

त्यस सिलसिलामा ज्ञनेन्द्र शाहले प्रजातन्त्र आजको युगको सबैभन्दा उत्तम शासन प्रणाली भएको स्मरण गराएका थिए । शाहले प्रजातन्त्र आमजनताको मन, मगज र मतका आधारमा देशको विधि, व्यवस्था तथा मान्यता अनुसार राज्य सञ्चालन गर्ने सर्वमान्य आदर्श हुनुपर्ने शुभकामना मन्तव्यमा उल्लेख गरिएको छ । त्यसैगरी राज्यभित्रका हरेक, वर्ग, समुदाय वा व्यक्तिको अधिकारको संरक्षण गर्दै प्रतिष्ठा प्रगतिपथमा अगाडि बढडाउनुपर्ने शुभकामना मनतव्यमा उनले भनेका थिए । यी मर्मस्पर्सी शब्दमा पूर्व राजा ज्ञानेन्द्रको शुभकामना मन्तव्य आएपछि दलका नेताहरु अत्तालिएर गालीगलौजमा उत्रिएको देखिन्थ्यो ।

ज्ञानेन्द्रको मन्तव्य आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, डा. बाबुराम भट्टराईलगायत थुप्रै नेताहरुले उनीविरुद्ध अभिव्यक्ति दिएका थिए । त्यसले गर्दा राजनीतिक दलका नेताहरु थर्कमान भएका छन् । किन कि यदि राजा ज्ञानेन्द्रले माथि उल्लेख गरेझैं गरी शासनसत्ता हातमा लिएको खण्डमा दलका नेताहरु जेल पर्ने कारण पनि राजाको अभिव्यक्तिपछि दलहरु अत्तालिएका हुन् । त्यस्तै विश्वको भूराजनीतिसँगै नेपालमा पनि छिमेकी राष्ट्र भारतले हिन्दू राज्यसँगै राजसंस्थाको पुनस्र्थापना गराउने संकेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *