कुँवरपछि भावी आईजीपी को ?

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र जब आईजीपीको अवकास हुने समय आउँछ अनि नयाँ आईजीपी बन्नेहरुको खेलोफड्को सुरु हुन्छ । राजनीतिक दलका नेताहरुले पनि कसलाई आईजीपी बनाउने भनेर मोलमोलाई गर्न थाल्छन् । हालका आईजीपी वसन्त कुँवरको जागिरे अवधि आगामी चैतको पहिलो हप्ता सकिँदैछ । कुँवरले पनि आफ्नो कार्यकालमा प्रहरीभित्रको विकृति, विसंगति हटाउन र अन्य प्रहरीहरुलाई न्यायोचित सरुवा, बढुवा गर्न सकेनन् ।

कुँवरले प्रहरीभित्र राम्रो कार्यसम्पादन गर्न नसक्दा सधैं विवादमा परिरहे । त्योसँगै नक्कली भुटानी शरणार्थी काण्डको आरोप पनि उनलाई लागेको थियो । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिए तापनि कांग्रेसको आडभरोसामा कुँवर सो काण्डबाट बच्न सफल भएका थिए । कुँवरलाई नक्कली भुटानी शरणार्थी काण्डको आरोप लागेपछि प्रहरीभित्र उनको साख गिर्दै गएको थियो । त्यसले गर्दा उनको पालामा प्रहरी संगठन नै कमजोर बन्न पुग्यो । कुँवरको अवकाससँगै भावी आईजीपी बन्नको लागि दौडधूप सुरु भएको छ ।

एकातिर प्रहरीबीच दौडधूप सुरु भएको छ भने अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिव एकनारायण अर्यालले एक एआईजीलाई भावी आईजीपीको ग्रिन सिग्नल दिएका छन् । तर, गृहमन्त्री कांग्रेसको भएको कारणले कसलाई भावी आईजीपी बनाउने हो भन्ने निश्चित भएको छैन । उता लामो समयदेखि प्रहरी संगठनमा कांग्रेसले खेल्दै आएको छ । त्यसमा पनि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हावी हुने गरेकी छिन् । भावी आईजीपी कांग्रेस र एमालेबीच कसको भागमा पर्ने भन्ने निश्चित भइसकेको छैन ।

आईजीपीको लागि दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङलगायतको दौडधूप सुरु भएको छ । तर, दीपक थापा अन्यको तुलनामा सानिलन, अनुभवी र सबैलाई मिलाउन सक्ने खुबी भएको व्यक्तिमा गनिन्छन् । थापा राजनीतिमा पनि सबैतिर पहुँच भएका व्यक्ति हुन् । त्यसले गर्दा पनि भावी आईजीपीमा थापाकै पल्लाभारी हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *