पोखरामा जलन उपचार अस्पताल बन्दै

गण्डकी प्रदेश शिक्षा/स्वास्थ समाचार

काठमाडौं । पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बन्नेभएको छ।

एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्तो घोषणा गर्नुभएको हो ।

गत फागुन ३ गते पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते भएका थिए। पोखरामा जलनको उपचार हुने पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्रोत साधनयुक्त बनाउन आवश्यक रहेको मेयर आचार्यले बताउनुभयो।

कीर्तिपुर अस्पतालले दिएजस्तै सेवा प्रदेश सदरमुकाममा ल्याउने सरकारको योजना सफल हुनु आवश्यक रहेको उहाँको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *