काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्वि भएको छ । विरगञ्ज भन्सार लगायत अन्य नाकाहरुबाट पनि धानको आयात भएको तथ्याङ्कले देखाएको छ ।
यो वर्षमा आठ अर्ब ६८ करोड मूल्य बराबरको धान आयात गरेको छ । गत आवको सोही अवधिमा यो आर्थिक वर्षमा चार अर्ब ९१ करोड मूल्य बराबरको धान आयात भएको थियो । गत आवको सात महिनाको तुलनामा चालु आवको सात महिनामा यता धान र चामलको आयातमा वृद्धि भएको अवस्था रहेको छ ।
नेपाल कृषि प्रधान देश भएतापनि मुलुकमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै ल्याउनु परेको छ । चालु आर्थिक वर्षको अवधिमा सात एक अर्ब ३५ करोड मूल्य बराबरको चामल आयात गरिएको छ । जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब छ करोडको ८१ लाख १७ हजार रुपिँया बराबरको आयात गरिएको थियो ।