काठमाडौं । नेपालको तीनदिने भ्रमणको सिलसिलामा पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियर बुधबार काठमाडौं आउने भएकी छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन् ।
“परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा, उप–विदेशमन्त्री (विदेश मामिला तथा सहयोग सचिव) डा। आना इसाबेल जेभियर २९ अप्रिलदेखि १ मे २०२६ सम्म ९वैशाख १६ गतेदेखि १८ गतेसम्म० नेपालको औपचारिक भ्रमणमा आउनुहुनेछ,” परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपाल भ्रमणका क्रममा उनले बिहीबार (वैशाख १७ गते) परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । सोही दिन उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

