पाकिस्तानमा रेल अपहरणमा परेका एक सय बढी यात्रुको उद्वार

विविध समाचार

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका रेलका एक सय बढी यात्रुहरुको उद्धार गरिएको छ ।

मंगलबार हतियारधारी समूहले आक्रमण गरी रेलका चार सय भन्दा बढी यात्रु बन्धक मध्ये एक सय बढी यात्रुको उद्वार गरिएको बीबीसीले जनाएको हो ।

क्वेटा शहरबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसको रेलका यात्रीहरु हतियारधारी समूहको निशानामा परेका थिए । यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी (बीएलए)ले लिएको छ । पाकिस्तानका गृहराज्यमन्त्री तलाल चौधरीका अनुसार जाफर एक्सप्रेसका धेरैजसो यात्रीहरुलाई रेलबाट ओराले लगत्तै सेनासहितको टोली उद्वारका लागि परिचालित भएको थियो । त्यसक्रममा १६ चरमपन्थी मारिएको र एक सय चार जना यात्रीहरुलाई उद्धार गरिएको छ । तीमध्ये ८० यात्री नजिकको अर्को रेलवे स्टेसन पुगिसकेका छन् । त्यहाँ उनीहरुको प्राथमिक स्वास्थ्य जाँच गरिने बीबीसीले जनाएको छ ।

रेलवे अधिकारीहरुका अनुसार रेलमा नौ डब्बामा चार सय बढी यात्रुहरु थिए । हतियारधारी समूहले रेलको लिकलाई भत्काइदिएर रेल रोकेका उनीहरुले रेलमा गोली पनि चलाएको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *