काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विभिन्न पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ प्रस्तुत हुने भएको छ ।
प्रतिनिधि सभाको बैठकमा फागुन २२ गते एकसाथ दर्ता भएका पाँचवटा विधेयक बुधबार अघि बढाउने यस्तो कार्यसूची रहेका हो ।
सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेले विरोधको सूचना दर्ता गरेका छन् । यी सूचनाहरू निर्णयार्थ पेश गरिनेछ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।