सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विधेयक अस्वीकृत

राजनीति समाचार

काठमाडौं । सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विधेयकमा ६ जना सांसदले दिएको विरोधको सूचना अस्वीकृत भएका छन् ।

सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, हितराज पाण्डे, चित्रबहादुर केसी र दुर्गा राईले राखेका विरोधका सूचना प्रतिनिधिसभाको बहुमतबाट अस्वीकृत भएका हुन् । विरोधका सूचना राख्दै सांसदहरूले राखेका धारणामाथि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिएका थिए ।

सरकारले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज प्रधानमन्त्री ओलीले त्यो विधेयक ल्याउने लागेका हुन् । त्यसमा प्रतिपक्षी ६ सांसदले विरोधको सूचना दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *