काठमाडौं । युगान्डामा जारी वुमन्स डे कपमा नेपाल नामिबियासँग पाँच विकेटले पराजित भएको छ।
एक सय २६ रनको लक्ष्य पछ्याएको नेपाल पाँच विकेटको क्षतिमा एक सय दुई रनमा समेटिन पुग्यो। यसअघि पहिलो चरणमा पनि नेपाल नामिवियासँग ६ विकेटले पराजित भएको थियो । यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ। चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
नेपालका लाागि ओपनर साना प्रवीनले सर्वाधिक ३१ रन बनाइन्। उनले ३७ बलमा एक चौका प्रहार गरिन्। पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन जोडेका थिए।
त्यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिवियाले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा एक सय २५ रन बनाएको थियो।
नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रनको योगदान गरिन्। नेपालले अब जवाफी ब्याटिङ गर्नेछ। अब नेपालले युगान्डासँग बिहीबार र हङकङसँग शुक्रबार खेल्नेछ। यसअघि हङकङसँग दुई रनले पराजित हुँदा युगान्डालाई एक विकेट हराएको थियो।