काठमाडौं । प्रजातान्त्रिक भनेर अप्रजातान्त्रिक व्यवहार गर्ने कांग्रेस अहिले भातृ संस्थाहरूलाई वैधानिक बनाउन लाएको छ । पार्टीका तरुण दल, नेविसंघ, थारुसंघ, अशक्त संघ, दलित संघ, महिला संघ, मुस्लिम संघ, आदिवासी संघ, सेनानी संघलगायत ११ वटा भगिनी संगठनहरूको अधिवेश गर्न पार्टीले समेत पटकपटक हस्ताक्षेप गरेको छ ।
चैतभित्र भगिनी संगठनहरूको अधिवेशन गरी नेतृत्व चयन गर्ने केन्द्रीय सदस्यहरू समेत भनिरहँदा आफ्नो विश्वास पात्रलाई संयोजक तोक्ने र नेतृत्व दिने विषयमा कांग्रेस भने अलमलीने गरेको छ । नेविसंघमा दुजाङ शेर्पा र तरुण दलका विद्वान गुरुङ, महिला संघमा उषा राउत तदर्थ समितिको संयोजक भएको वर्षौं भयो, तर पार्टीले नै बाटो छेक्ने गरेको छ ।
कांग्रेसले पार्टी महाधिवेशन गरेको तीन वर्ष पुग्दासम्म आन्तरिक भागवण्डा नमिल्दा पूर्णता नहुने त्यो कांग्रेसमा कोषाध्यक्ष पदमा उमेश श्रेष्ठलाई चयन गर्न तीन वर्ष लागेको थियो । श्रेष्ठ सभापति देउवापत्नी डा. आरजुका लगानी पार्टनर हुन् । अरुलाई भन्न जति सजिलो कांग्रेस आफू बन्न झन् कठिन छ । देशले राजनीति स्थायित्व खोज्दा पार्टीभित्रै कानुनी रुपमा वैधानीकता पाउन सकेको छैन । पार्टी संगठनहरू बनाउनुपर्छ । वकिल, पत्रकार, शिक्षक, प्राध्यापकको समयमा अधिवेशन गर्न सकेको छैन । तर विद्यार्थी, तरुण, महिला र किसानकै नेता चयन नहुँदा कसरी पार्टीमा सुधार आउँछ ?