पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने बारे सांसद ज्वालाको आपत्ति

राजनीति समाचार

काठमाडौं । पूर्वविशिष्ट पदाधिकारीहरुलाई कानून बनाएर आजीवन सुविधा दिने सरकारी तयारीप्रति नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले आपत्ति जनाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका हुन् ।पूर्वविशिष्टहरुलाई दिईएको मनोमानी सुविधापनि रोकिनुपर्ने सुझावको साथै अहिलेका विशिष्ट पदाधिकारीहरुको समेत सुविधा घटाउनुपर्ने माग राखेका छन् । ज्वालाले सांसदहरुकै सुविधा घटाउन तयार हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

उनले अहिले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र आर्थिक अवस्था जर्जर रहेको भन्दै सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ नभएको आरोप लगाए । उनले अहिलेसम्म भूकम्प प्रभावित क्षेत्रका जनताले राहत नपाएको, बाढीरपहिरो पीडितले पनि राहत नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *