काठमाडौं । बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना भएका छन् ।
हिन्दुस्तान टाइम्सले छातीमा दुखाइ महसुसपछि रहमानलाई आइतबार बिहान चेन्नईस्थित अस्पताल भर्ना गरिएको जनाएको हो ।
रहमानको ईसीजी र इकोकार्डियोग्रामसहित परीक्षणपछि उनको मुटुमा समस्या देखिएको र एन्जियोग्राम हुन सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेको छ । गत महिना, एआर रहमानले चेन्नईमा कन्सर्टमा एड शीरनसँग प्रस्तुति दिएका रहमान हालै फिल्म चावाको संगीत लन्चमा पनि देखिएका थिए ।
यसअघि रहमानकी पूर्व पत्नी सायरा बानोलाई पनि मेडिकल इमर्जेन्सीका कारण अस्पतालमा भर्ना गरिएको थियो र उनको शल्यक्रिया गर्नुपरेको थियो ।