धरौटी बुझाउन नसक्दा एक जना थुनुवाको मृत्यु

समाचार

काठमाडौं । जिल्ला अदालत मोरङले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका एक जना थुनुवाको मृत्यु भएको छ ।

जिल्ला अदालतले मंसिर २३ गते मुद्दाको पुर्पक्षका लागि २५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो । तर, अदालतले मागेको धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका-४ की ३८ वर्षीय जितबहादुर देवानको मृत्यु भएको हो ।

मोरङ कारागारका अनुसार हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारका लागि फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार अपराह्न मृत्यु भएको हो । आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रो मुद्दा चलाएको थियो । उनको मुद्दाको फैसला हुन अझैँ बाँकी नै रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *