काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले सदन सुरु गर्नेवित्तिकै विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे सरकारले दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
सभामुख घिमिरेले पटक-पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसद्हरूले नमाने पछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।