एमाले भाग खोज्दै, कांग्रेसलाई फलिफाप

राजनीति समाचार

काठमाडौं । कांग्रेस र एमालेको संयुक्त सरकार छ । यो सरकार भ्रष्टाचार गर्न, राजस्व कुम्ल्याउन, विकासका पूर्वाधारमाथि प्रहार गर्न, वैदेशिक सम्बन्ध बिगार्न, भ्रष्टाचार र ठगीमा सहभागी एमाले कांग्रेसलाई जोगाउन बिचौलिया र कमिसन खोरको रक्षा गर्दै संविधानको मर्म र भावनामाथि प्रहार गरी संसदीय सर्वोच्चताको धज्जी उडाउन खडा भएको हो ।

धर्मको नाममा समेत लुट्न पछि नपर्ने कांग्रेस र एमालेका कार्यकर्ताले पशुपतिनाथको जमिनबाट बालुवा ठेक्का लगाउँदा करोडौं पैसा खाएका छन् । गुठीको जमिन पनि बाँकी नराख्ने सरकारको नामका ऐलानी र प्रतिजग्गासमेत हजम गर्ने गरी संसद छलेर अध्यादेश ल्याउने लुटतन्त्र नै समृद्धि र विकास भएको छ । नेपाली कांग्रेसले एमालेको अर्थमन्त्री भएको बेला धितोपत्र बोर्डको उपाध्यक्ष, बीमा प्राधिकरणको कार्यकारी लियो । अब कांग्रेसको दाउ राष्ट्र बैंकको गभर्नरमा छ । एमालेकै संचारमन्त्री छन्, राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त कांग्रेसले लियो ।

मन्त्रालय एमालेले लिएको छ भने विभिन्न निकायका पद कब्जा गर्ने कांग्रेस भएको छ । प्रधानमन्त्री ओलीले पर्यटन बोर्डमा दाबी गर्न सकेनन् । रेडियो नेपाल र टेलिभिजन जोडिएको सार्वजनिक सेवा प्रसारण संस्था लिमिटेडमा भने आजीवन एमालेको भाग खान सफल डा. महेन्द्र विष्टलाई अवसर आयो । काठमाडौं विश्वविद्यालयको उपकुलपति कांग्रेसले लग्यो, जहाँ कुलपति प्रधानमन्त्री छन् । शिक्षामन्त्री उनकै छन् । धितोपत्र बोर्डको उपाध्यक्ष नियुक्तिमा ९ अर्बको खेल भएको प्रधानमन्त्री केपी ओली प्रचण्डसँगै सरकारमा हुँदा बताउँथे । कांग्रेसको गोपाल श्रेष्ठका पुत्रलाई समेत चुनावी सुरक्षा गरेका छन् । अब राष्ट्र बैंकको गभर्नरमा चलखेल हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *