काठमाडौं। प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

