काठमाडौं । विरोधका बीच राष्ट्रिय सभाको बैठक चलाउनको लागि सत्तापक्षले सभाध्यक्ष नारायण दाहालमाथि दबाब बढाएका छन् ।
विगतमा पनि विरोधका बीच संसद्को कामकारबाही अगाडि बढेको भनेर सत्तापक्षले सभाध्यक्षमाथि दाबाब बढाएका हुन् । सभाध्यक्ष दाहालले भने सहमतिमा आउन दलहरूलाई आग्रह गरिरहेका छन् ।
विपक्षी दलहरूले विरोधका बीच सभा अगाडि बढे बहिष्कार गर्ने चेतावनी दिएका छन् । सत्तापक्षले विपक्षीले बहिष्कार गरेता पनि सभा अगाडि बढाउनुपर्ने दबाब दिएका हुन् ।
प्रतिस्थान विधेयक पास गर्नुपर्ने समयको दबाब रहेको भन्दै उनीहरूले सभा विरोधकाबीच अगाडि बढाउन समेत आवश्यक रहेको तर्क गरिरहेका छन् ।
शुक्रबार विभिन्न ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची छ । यी विधेयकहरू १९ चैतसम्म पारित भएर पनि राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्छ ।
सत्तापक्ष आजै ५ वटै विधेयक राष्ट्रिय सभाबाट पारित गरेर प्रतिनिधिसभामा पठाउनुपर्ने अडानमा छन् ।
