तीनकुने घटना प्रकरणमा प्रकाउ परेका राजावादी नेता–कार्यकर्ताको म्याद थप्दै

राजनीति समाचार

काठमाडौं। काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता–कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिँदैछ।

आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो । शुक्रबार राजावादीको प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने तोडफोड र आगजनी घटना समेत भएका थिए । घटनालाई अराजक बनाउन भूमिका खेलेको आरोप लागेका दुर्गा प्रसाईं हालसम्म फरार छन् ।

शुक्रबारको घटनामा प्रहरीले हालसम्म ११३ जनालाई पक्राउ गरेको छ । जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, दुर्गा प्रसाईंको रोयल टास्क फोर्स (आरटीएफ)का कमाण्डर लगायत रहेका छन् । पक्राउ परेका अन्यको हकमा आवश्यक स्क्रिनिङपछि आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनीलगायतका मुद्दा चलाउने प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *