नेपाल सुपर लिगको दोस्रो खेलमा बुटवल लुम्बिनी र झापा एफसी भिड्दै

खेलकुद समाचार

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को दोस्रो खेलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । शनिबार सुरु भएको एनएसएलको तेस्रो संस्करणमा ७ टोली सहभागी छन् । लिग चरणमा ६ खेल मात्र हुने भएकोले दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।

एनएसएलमा गत संस्करण डेब्यु गरेको झापाले बुटवल लुम्बिनीलाई १–० ले हराएको थियो । बुटवल लुम्बिनीको कप्तानी मिडफिल्डर एरिक विष्टले गर्नेछन् । राष्ट्रिय टिमका अर्का मिडफिल्डर मनिष डाँगी बुटवलको मार्की प्लेअरमा छन् । उता राष्ट्रिय टिमकै मिडफिल्डर लकेन लिम्बु झापाको मार्की प्लेअर र कप्तानमा छन् । यस पटक लकेन सामु धेरै जिम्मेवारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *