महोत्तरीको मालपोत कार्यालयका नायब सुब्बा चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

विविध समाचार

काठमाडौं । महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका खरिदार मुन्नुकुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले ३५ हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध एक महिनादेखि ६ महिना कैद र ३५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
अनुसन्धानको सिलसिलामा नायब सुब्बा चौधरीको पनि मिलोमतोमा जग्गाको ट्रायल चेक एवं क्षेत्रफल सुधार गरी लालपुर्जा बनाइदिने भन्दै उनीहरूले सेवाग्राहीबाट घुस लिएको भेटिएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *