दुर्गा प्रसाईँको हर्कतले जनधनको क्षति

राजनीति समाचार

कामाठाडौं । चैत १५ गते राजावादी र गणतन्त्रवादीले गरेको विरोध प्रदर्शनमा गणतन्त्रवादीहरु भद्र र सभ्य देखिएका थिए भने राजावादीको नाममा दुर्गा प्रसाईंँले नेतृत्व गरेको समूहले उग्र रुप लिएको थियो । नेता र कार्यकर्ता बिनाको राजावादीको अराजक भीडले तीनकुनेमा हिंसात्मक गतिविधि प्रदर्शन गरेको थियो । दुर्गा प्रसार्ईँले आन्दोलनको कमाण्ड गर्न नसक्दा प्रदर्शनकारीहरु हिंसामा उत्रिएका थिए । आन्दोलन हिंसामा परिणत भएपछि विभिन्न व्यक्तिको घरमा आगजनी गर्नुका साथै तोडफोड हुँदा एभीन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक र कीर्तिपुरका एकजना सर्वसाधारणको ज्यानसमेत गुम्न पुगेको थियो । त्यो घटनामा १२९ जना घाइते भएका थिए त्यसमध्ये १३ जनाको अप्रेसन गर्नुपरेको थियो ।

अझै १८ जनाको अस्पतालमा उपचार भइरहेको छ । त्योसँगै प्रदर्शनकारीहरुले विभिन्न गाडी, घर, पसल र राजनीतिक पार्टीका कार्यालयदेखि नेताका निवासमा समेत आक्रमण गर्ने प्रयास गरेका थिए । आन्दोलनकारी हिंसा र लुटपाटमा उत्रिए तापनि सुरक्षाकर्मीले भने संमेमता अपनार हिडलाई नियन्त्रणमा लिन कर्फूसमेत लगाउनु परेको थियो । यदि सुरक्षाकर्मीले पनि आन्दोलनकारीले जस्तै लाठी चार्ज र धरपकड गरेको थियो भने धन, जनको ठूलो क्षति हुने थियो । सरकारले पनि बिना नेतृत्वको अराजक समूहलाई एयरपोर्ट आसपास रहेको तीनकुने जस्तो सुरक्षा संवेदनशील क्षेत्रमा विरोध कार्यक्रम गर्न दिनु उचित थिएन । यो घटनाले गर्दा आगामी दिनमा उक्त ठाउँमा विरोध प्रदर्शन, आमसभा, धर्ना जस्ता कार्यक्रमहरु गर्न दिनु उचित छैन ।

त्यसदिन आन्दोलनकारीले जस्तै सुरक्षा निकायले पनि दोहोरो भिडन्त गरेको भए आन्दोलनले उग्र रुप लिएर सिनामंगलको पेट्रोल पम्पमासमेत आगजनी हुने खतरा थियो । उता, आन्दोलनकारीहरुले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गर्नुका साथै नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा आक्रमण गर्न खोज्दा सुरक्षा निकायले तितरवितर बनाएको थियो । त्यसपछि आक्रमणकारीले एकीकृत समाजवादीका नेता माधव नेपालको घरलाई निसाना बनाउनुका साथै एमाले पार्टी कार्यालयमा आक्रणम गर्ने योजना बनाएका थिए । त्यसपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पनि सुरक्षा व्यवस्था कडा गरिएको थियो । ओली निवास एरिया बालकोट छिर्ने गौडागौडामा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । यता तीनकुनेमा पत्रकारसहित दुई जनाको मृत्यु हुनुका साथै सयौं घाइते हुनुका साथै जताततै तोडफोड, लुटपाट र आगजनीको घटना भएपछि सरकार असुरक्षा महसुस गरी बेलुका ४ः३० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म त्यसक्षेत्रमा कर्फू लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *