नेपालको प्राचिनकालीन मूर्ति तस्करीको जालमा

विविध समाचार

काठमाडौं । नेपालबाट विगत लामो समयदेखि विभिन्न कालखण्डका मुर्तिहरु चोरी, तस्करीहुँदै आएको थियो । तस्करहरुले नेपालका मूर्तिहरु चोरी, निकासी गरेर विदेश पुर्याउने धन्दा विगत लामो समयदेखि हुँदै आएको थियो । नेपालको धर्म, सस्किृति अनुसारको मूर्तिहरु विदेशमा तस्कर हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको थिएन । तर, पछिल्लो समय यस्ता मूर्तिहरु चोरी, निकासी हुनबाट केही कमी आएको छ ।

कतिपय नेपालका मूर्तिहरु विश्वको कुना–काप्चामा छरिएको अवस्थामा रहेको पुरातत्व विभागको तथ्याङ्कले उल्लेख गर्ने गरेको पाइन्छ । पछिल्लो समय नेपालका मूर्तिहरु विश्वको म्युजियमहरुमा राख्ने गरेको पाइएता पनि कतिपय देशहरुले म्युजियममा राखेका मूर्तिहरु नेपाल र्फिता पठाएको यता कता समाचारमा पढ्न पाइन्छ । जस अनुसार अनुसन्धानबाट ति सबै मूर्तिहरु १० औं, १६ औं,र १७ औं शताब्दीका रहेको उल्लेख गरिएको पाइन्छ । त्यस्तै १६ औं र १७ औं शताब्दीको मूर्ति जसमा दुईवटा भैरव मास्क रहेका छन् भने शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुंगाको मूर्ति नेपालबाट चोरी भई अमेरिकाको म्युजियममा रहेको चारवटा पुरातात्विक मूर्तिहरु नेपाली महावाणिज्य दूतावासको पहलमा नेपाललाई भित्र्याउन सफल भएको उदाहरण पनि रहेको छ ।

नेपालबाट हराएका मूर्तिहरु फिर्ताको लागि पुरातात्विक विभागले विभिन्न देशहरुसँग समन्वय गरि भित्र्याउन सफल भैसकेको खबर विभिन्न पत्रपत्रिका, अनलाईमार्फत् समाचार सार्वजनिक हुँदै आइरहेको छ । त्यस्तैसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतमा रहेको पुरातात्विक विभागले हालसम्म बेलायत, अष्ट्रेलिया, अमेरिका, चीन, भारत, जर्मनी र इटलीबाट जम्मा एक सय ७७ थान महत्वका मूर्ति तथा कलात्मक वस्तु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाको सक्रियतामा फिर्ता गरिसकेको अवस्था छ ।

हालसम्म संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्त्विक महत्त्व भएका वस्तुको संख्या एक सय चार पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै ‘स्टोलन इमेजेज् अफ नेपाल’ नामक पुस्तकमा झण्डै तीन दशकअघि हराएका मूर्तिहरूको सूची तयार पारेर प्रकाशित गरेको छ । त्यति बेलासम्म दुई सय २७ वटा मूर्ति हराएको उल्लेख थियो । हराएका मूर्तिहरूको सूचीमा दोस्रो शताब्दीदेखि अठारौं शताब्दीसम्मका मूर्तिहरू समावेश छन् । जस्तै, पशुपतिको वत्सलेश्वरीमा रहेको नारी शक्तिको मूर्ति १९६० को दशकमा हराएको थियो ।

जसलाई इसाको दोस्रो वा तेस्रो शताब्दीको मूर्ति मानिएको छ । पशुपतिकै भुवनेश्वरी मन्दिर क्षेत्रबाट सन् १९८६ मा हराएको उभिएको मुद्रामा रहेका विष्णुको मूर्ति अहिले कहाँ छ, कसैलाई यसबारे जानकारी नै छैन । यसलाई पाँचौं शताब्दीमा कुँदिएको मूर्ति मानिएको छ ।

सातौं शताब्दीको मूर्ति मानिएको चाबहिल स्तुपामा रहेको नागराजको मूर्ति पनि १९७० सालमा चोरी भएको थियो । यी केवल चोरी भएका प्राचीन एवं लिच्छविकालीन मूर्तिहरूको उदाहरण मात्रै हुन् । यस्तै २५० भन्दा बढी मूर्तिहरूको सूची ‘स्टोलन इमेजेज् अफ नेपाल’ नामक पुस्तकमा समावेश गरिएको छ ।
पुस्तक प्रकाशन गरेपछि अहिलेसम्म कति मूर्तिहरू हराए भन्ने यकिन छैन । मूर्ति हराएपछि आएको उजुरीलाई आधार मानेर पुरातत्व विभागले तथ्यांक तयार पारे पनि सबै मूर्ति हराएको बारेमा उजुरी नआउने भएकोले तथ्यांक पाउन मुश्किल रहेको छ । पुरातत्व विभागले विभिन्न स्थानहरुको स्थलगत अध्ययन गरिरहेको छ । धेरै पुरातत्व विदहरुको अनुसार प्राचीन दरबार काठमाडौंको हाँडी गाउँमा रहेको दावी गर्दैपनि आइरहेका छन् ।

जे होस् जुनसुकै कालखण्डले हाम्रो इतिहासको गौरवमय पक्षलाई बलियो बनाउने गर्छ । यसमा आजसम्म जुन स्तरको गम्भीरता हुनुपर्ने हो संरक्षणको लागि त्यो तहसम्म न,सरकार,न स्थानीय तह, न, त जनताको नै यसमा चासो नदेखिँदा यसले हाम्रो इतिहासको पत्ता साफ हुने पो, होकी ? प्रश्न गम्भीर नै रहेको छ ।
पुरातात्विक बस्तुहरुको तस्करी नेर्टवर्कलाई लक्षित गरेर अनुसन्धान अघि बढाएपनि यसको जालोसम्म पुग्न भने सरकार असक्षम नै रहेको छ ।

शक्तिशाली व्यक्तिबाटै नेपालका मूर्ति चोरी गरेर जहाजमार्फत ठुलो सेटिङमा विदेशमा पुर्याउने दुस्साहस गरेको उल्लेख गर्दै गएका सम्पूर्ण मूर्तिहरू नेपाल फर्काउने प्रयास जारी नै रहेको छ । यसको लागि सरकारले उत्खनन् र खोजी कार्यका लागि गृहकार्य थालि रहेको बताइन्छ । आखिर जुन रुपमा कडाईंका साथ लाग्न पर्ने हो त्यसमा सरकारको अझैं नैराश्यता छाएको नै देखिन्छ । सन् १९६० देखि ८० को दशकमा नेपालबाट झण्डै पाँच सयको हाराहारीमा प्राचीन, मध्यकालीन र शाहकालीन मूर्तिहरू हराएको विभागले आकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *