काठमाडौं । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य बजार भीषण आगलागी हुँदा झन्डै सात करोड रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय अछामले मंगलबार साँझ सात बजे पुष्पराज शर्माको घरको ग्यास सिलिन्डर विस्फोट भएपछि सुरु भएको थियो। आगो तत्कालै आसपासका अन्य घर र पसलहरूमा फैलिँदा २७ वटा घर र ११ वटा पसल पूर्णरूपमा जलेर नष्ट भएका मध्ये १० वटा ढुङ्गा र माटोले बनेका, ११ वटा जस्तापाताका छाना भएका र २ वटा पक्की घर रहेको उल्लेख गरेका छन् ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा करिब तीन सय घरपरिवार प्रभावित भएको जानकारी दिएका छन्। प्रहरी टोली र प्रमुख जिल्ला अधिकारीसहितको समन्वय टोली हाल घटनास्थलमै खटिएको छ। मंगलसेन नगरपालिकाको दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासीको प्रयासमा आगो राति १२ बजेतिर नियन्त्रणमा लिइएको हो।