ठमेलस्थित एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब

मनोरञ्जन समाचार

काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स विश्वकै उत्कृष्ट क्लबमध्ये ४४ औँ स्थानमा परेको छ।

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पेनमा एलओडी ४४ औँ स्थानमा परेको हो । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। यसमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब सहभागी थिए। एलओडी डिजे म्याग टप सयको छनौट भएर ४४ औँ स्थानमा पर्न सफल भएको छ ।

सय वटा उत्कृष्ट क्लबमा एलओडी पर्दा विश्वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने क्लबका निर्देशकले बताएका छन्। विश्वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबै जनाको साथ सहयोग रहेकोले रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *