एमालेले यतातिर पनि समिक्षा गर्ने कि ?

राजनीति समाचार

काठमाडौँ । देशको ठूलो पार्टी नेकपा एमाले अहिले आलोचित बन्दै गएको छ । एमाले संसदमा दोस्रो दलमा रहेतापनि अनुशासन कागजमा सिमित रहेको छ । व्यवहारमा अराजक अनुशासनहीन दबदबा छ । भ्रष्टीकरणमा नेता डुबेका छन् । सरकारमा पार्टी छ भनेर गर्व गर्ने ठाउँ छैन । अध्यक्ष केपी शर्मा ओलीले आफू विश्वस्त हुँदा एमालेमा त्याग गरेकाहरूलाई लत्याएर मण्डले कुण्डलेहरुलाई पार्टीको केन्द्रीय सदस्य समानुपातिक सांसद विभिन्न संस्थामा राजनीतिक नियुक्ति मात्र दिएनन् । उनीहरुबाट पार्टीको हित भएन ।

प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा राजावादी ज्योतिष डा.जगमान गुरुङलाई प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनाए । तिनै गुरुङ अहिले गणतन्त्रविरुद्ध छन् । जबकि प्राज्ञ प्रतिष्ठानका उपयुक्त पात्र एमाले माओवादी कांग्रेसजस्ता शक्ति निकट थिए । उनको तेस्रो कार्यकाल मधेश प्रदेश प्रमुखमा डा.राजेश अहिराज जस्तालाई प्रदेश प्रमुख बनाइयो । मधेशमा अहिराजभन्दा कयौं गुणा बौद्धिक व्यक्तित्व थिए । तर प्रमलाई कताको दबाब प¥यो राजेश मन परे । अध्यक्षको निर्णयविरुद्ध डा.भिम रावल, बिन्दा पाण्डे बन्नुपर्ने डर सबैलाई भयो ।

क्रिश्चियन लगानी भित्र्याउने एकनाथ ढकाल जस्ताले एमालेकै बेज्जत गरे परिवार दलकै काम गरेका छन् । तर सांसद एमालेबाट समानुपातिक भए । पार्टीमा त्याग गरेका थुप्रै छन् । अध्यक्षले त्यसतर्फ चासो दिएनन् । एमाले जन मानसमा खस्किँदै गएको छ । २०८० मा तनहुँ क्षेत्र नं. १ को उपचुनावमा प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई टिकट दिइयो ।

उनी चुनावमा हारे एमालेको पार्टी सो क्षेत्रमा खस्कियो । अहिले एमालेका जिल्ला तहमा पनि आक्रोश बढ्दै गएको छ । तिनै सर्वेन्द्रलाई २०७९ मा काठमाडौं ६ मा सर्वेन्द्र खनाल नै उम्मेद्वार बनेका थिए । एमाले क्षेत्र र जिल्ला निस्क्रिय भए । सो क्षेत्र एमालेले चुनाव जित्ने क्षेत्र थिएन । एमाले पार्टीले आफ्नालाई पाखा पार्ने नयाँ आगन्तुक बोक्ने गर्दा कोमल ओली पनि सांसद देखि पार्टी केन्द्रीय सदस्य भइन, तर दाङ २ बाट शंकर पोखरेल माओवादीसँग पराजित भए । जबकि कोमलका भाइ प्रदेश सांसदका उम्मेद्वार नै थिए । अहिले पार्टीको सदस्य नभएपनि अध्यक्षले गरेका निर्णय अहिले कता गए ? एमालेप्रति जनमत किन खस्कियो तर, पार्टी भित्र भने अझै समिक्षा हुन नसक्नु यसमा एमालेकै कमजोरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *