काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी काण्डमा मुछिएपछि आफू संलग्न सहकारी संस्था रहेका जिल्लामा उनीविरुद्ध मुद्दा परेको थियो । सहकारी संस्था रहेका जिल्ला अदालतमा रविविरुद्वको मुद्दा परेपछि धरौटी बुझाउँदै छुट्दै गरेका थिए । सहकारी ठगीमा दोषी ठहरिएपछि रविको सांसद पद पनि निलम्बनमा परेको थियो ।
सांसद पद निलम्वनमा परेपछि रास्वपाको कार्यबहाक सभापति डोलप्रसाद अर्याल (डिपी) लाई बनाइएको थियो । धरौटी तिरेर रवि जेलबाट छुटेपछि पार्टी सभापति पद आफैंले लिएको केही हप्ता नबित्दै उनी फेरि उच्च अदालतको आदेशमा पक्राउ परेका छन् । सभापति रवि सहकारी ठगी काण्डमा दोषी ठहरिएर जेल बस्नुपर्ने पक्कापक्की जस्तै भएको छ ।
सभापति रवि जेल परेपछि कार्यबहाक सभापतिको जिम्मेवारी फेरि डिपीकै काँधमा पुग्ने देखिन्छ । रवि लामिछाने कहिले नागरिकता, कहिले पासपोर्ट त कहिले सहकारी ठगी काण्डमा मुछिन थालेपछि उपसभापति डिपी अर्यालय आफू सभापति बन्नको लागि तँछाडमछाड गरिरहेका थिए । अहिले उच्च अदालतले सभापति रविलाई सहकारी ठगी काण्डमा दोषी ठहर गरेपछि उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । रविलाई प्रहरीले पक्राउ गरेसँगै उनको सभापति पद पनि धरापमा परेको छ । रवि जेल परेपछि उपभापति डिपी अर्याल स्वतः कार्यबहाक सभापति हुने भएका छन् ।
अर्याल कार्यबहाक सभापति भएपछि रास्वपाभित्र राम्रो कार्ययोजना ल्याउँछन् कि उठ्तीपुठ्ती धन्दा चलाउँछन् त्यो निश्चित भइसकेको छैन । अर्यालय तत्कालीन सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुँदा विभिन्न बहाना बनाए प्रत्येक मेनपावर कम्पनीबाट छोटो अवधिमा सबैभन्दा धेरै पैसा उठाएको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ । अर्याल तत्कालीन अवस्थामा श्रममन्त्री भएको एक महिना पनि नपुग्दै ठूलो मात्रामा असुली धन्दा चलाएको र नीतिनियम विपरीत काम गरेको आरोप छ ।
अर्याल मन्त्री भएको एक महिना नपुग्दै ठूलो रकम उठाउन भ्याए भने अहिलेसम्म मन्त्री रहिरहेको भए वैदेशिक रोजगार क्षेत्र नै डामाडोल हुने र आर्थिक मन्दी झन् बढ्ने खतरा रहेको बताइन्छ । अहिलेसम्म नेपालको अर्थतन्त्र धानेको वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले हो भन्ने पनि छन् । त्यस्तो महत्वपूर्ण क्षेत्रमा डिपी आर्यालय जस्ता असुली धन्दामा रमाउने व्यक्तिमन्त्री भइरहेको भए नेपालको अर्थतन्त्र झन् डामाडोल हुने वैदेशिक रोजागर व्यवसायीको गुनासो छ । उता, उनै पूर्वमन्त्री तथा सांसद् अर्याल संसद्मा वैदेशिक रोजगारमा अनियमितता भयो भन्दै ठूलो–ठूलो स्वरले भाषण गरेको देख्दा मेनपावर व्यवसायीहरु छक्क पर्ने गरेका छन् । सभापति रवि जेल पर्दा उपसभापति डिपी अर्यालयलाई चिठ्ठा पर्ने भएको छ ।