स्वास्थ्य बीमा बोर्ड यतानउता

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले नवौँ स्थापना दिवसको अवसर पारेर ४५ बुँदे श्वेतपत्र जारी गरेको छ । बोर्डले फागुन २४ गते एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त स्वेतपत्र जारी गरेको हो । कार्यक्रम स्वास्थ्य बीमा बोर्डको कार्यालय बबरमहलमा सम्पन्न भएको थियो । कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक रघुनाथ काफ्लेले स्वास्थ्य बीमा सेवालाई सेवाग्राहीमैत्री, चुस्तदुरुस्त र व्यवस्थित गर्न लागिको बताएका छन् । निर्देशक काफ्लेले अहिलेसम्म ३५६ स्थानीय तहमा प्रथम स्वास्थ्य बीमा सेवा बिन्दु रहेको र अझै ३९७ स्थानीय तहमा स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दु नपुगेको प्रष्ट पारे ।

उनले जारी गरेको स्वेतपत्रमा आर्थिक वर्ष २०७४-०७५ मा नविकरण गर्ने बिमितहरुले बिमा गरेको संख्या ५४ प्रतिशत थियो भने आर्थिक वर्ष ०७८÷०७९ मा ६४ प्रतिशत पुगेको देखिन्छ । त्यसैगरी चालु आर्थिक वर्ष २०८१-०८२ मा आइपुग्दा नविकरण गर्ने संख्या घटेर फेरि ५४ प्रतिशतमा झरेको निर्देशक काफ्लेद्वारा जारी स्वेतपत्रमा उल्लेख छ । त्यस्तै स्वास्थ्य बीमालाई आगामी दिनमा दुरुदराजमा बसोबास गर्ने सबै वर्ग समुदायको पहुँचमा पु¥याउर्ने जानकारी दिएका छन् । उनले स्वास्थ्य बीमाको गत आबको भुक्तानी रकम १६ अर्बमाथि बाँकी रहेको र चालु आर्थिक वर्षको त्यसमा थपिँदा २४ अर्बमाथि पुग्ने बताउँदै त्यसलाई व्यवस्थापन गर्नको लागि नयाँ स्रोतको खोजी भइरहेको बताए ।

निर्देशक काफ्लेले स्वास्थ्य बीमाको रकम एक लाखबाट बढाएर ५ लाख पु¥याउनको लागि विभिन्न नयाँ स्रोतको खोजी भइरहेको बताउँदै व्यवस्थापनको लागि अगाडि बढ्ने उल्लेख गरे । काफ्लेले स्वास्थ्य बीमा जति जनप्रभावकारी हुनुपर्ने थियो त्यो हुनसकेको छैन । त्यो हुन नसक्नुमा दक्ष जनशक्ति र बजेटको अभाव भएको बताए । हालसम्म स्वास्थ्य बीमा बोर्डको आफ्नै भवन नभएको र देशैभरका स्वास्थ्य बीमा कार्यालयहरु भाडामा लिएर चलाउनुपर्ने वाध्यता रहेको उनको भनाइ छ । त्योसँगै निर्देशक काफ्लेले स्वास्थ्य बीमालाई सबै नागरिकको पहुँचमा पु-याई व्यवस्थित गर्न विभिन्न नयाँ रणनीतिक कार्ययोजना तयार गरेको बताए । तर कार्यक्रममा निर्देशक काफ्लेले स्वास्थ्य बीमा बोर्डले तयार गरेको ऐन र नियमलाई बुँदागत रुपमा प्रस्तुत गरेर पत्रकारहरुलाई दिगभ्रमित बनाएका थिए । यतिबेला जति आमसर्वसाधारणले स्वास्थ्य बीमा गरेका छन् उनीहरुले समयमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

जतिले स्वास्थ्य बीमा गरेका छन् तिनीहरुले सर्वसुलभ ढंगले भुक्तानी नपाउने र पाइहाले तापनि अति झन्झिटिलो भएपछि बिमितहरुले नविकरण गर्न छाडेका छन् । त्योसँगै स्वास्थ्य बीमा गरेको केन्द्रबाट तोकिएको अस्पतालबाहेक अन्यत्र उपचार गराउँदा भुक्तानी नपाउने समस्या पनि त्यत्तिकै छ । यदि स्वास्थ्य बीमा गरेबापत उपचार भइहाले तापनि जटिल किसिमका उपचारको लागि अन्यत्र जानुपर्ने र औषधि पनि सेवाग्राहीले किन्नुपर्ने वाध्यता त्यत्तिकै छ । उता, स्वास्थ्य बीमाले तोकेको अस्पतालमा उपचार गर्न जाँदा जनशक्ति अभावको कारण सेवाग्राहीहरु अन्यत्र जान वाध्य हुने गरेका छन् ।

यी र यस्ता वाध्यकारी नियमले गर्दा स्वास्थ्य बीमा कार्यक्रम दिनप्रतिदिन सर्वसाधारणबाट अलोकप्रिय बन्दै गएको छ । बोर्डले जारी गरेको श्वेतपत्रमा विभिन्न ४५ वटा बुँदा रहेका छन् । जसमा बीमाको वर्तमान अवस्था, सेवाको फैलावट, पृष्ठभूमि, सेवा लिनेको विवरण, समान प्रकृतिका कार्यक्रम, भावी लक्ष्य लगायतका विषयहरु उल्लेख रहेका छन् । श्वतेपत्रमा आर्थिक वर्ष २०८१-०८२ को फागुनसम्म १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उल्लेख गरिएको छ । स्वास्थ्य बिमाको श्वेतपत्रमा स्वास्थ्य बीमाको फैलावट ७७ जिल्लाको ७४९ स्थानीय तहमा विस्तार भएको, कुल ८९ लाख ५२ हजार १३५ जना बिमितमध्ये ५७ लाख ५३ हजार ८१७ बिमित सामान्य क्रियाशील रहेका छन् ।

खासगरी स्वास्थ्य बीमा लागु भएको आर्थिक वर्ष २०७४-०७५ मा नविकरण गर्ने बिमितहरुले संख्या ५४ प्रतिशत थियो भने त्यसको आकर्षण बढेर आर्थिक वर्ष ०७८÷०७९ मा आइपुग्दा ६४ प्रतिशतमा पुगेको थियो । तर, सर्वसाधारणहरु चेतनाको कमी, बिरामीले सेवा लिइसकेपछि भुक्तानी प्रक्रिया झन्झटिलो, बीमा गरेको केन्द्रबाट तोकिएको अस्पतालबाहेक अन्यत्र उपचार गराउँदा भुक्तानी नपाउने समस्या, उपचार पाइहाले पनि औषधि बाहिरबाट किन्नुपर्ने लगायतका कारणले गर्दा आर्थिक २०८०÷०८१ मा आइपुग्दा नविकरण गर्ने बिमितहरुले संख्या घटेर ५४ प्रतिशतमा आइपुगेको देखिन्छ ।

त्यसकारण स्वास्थ्य बीमा सेवालाई प्रभावकारी, व्यवस्थित सबैको पहुँचमा पु¥याउने उद्देश्यले बोर्डले ४५ बुँदे स्वेतपत्र जारी गरेको छ । स्वेतपत्र जारी गरेतापनि त्यो कार्यान्वयनमा आउने छाटकाट न्यून रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *