वीरगञ्जमा राति १२ बजेसम्मलाई कर्फ्यु लम्बियो

मधेस प्रदेश समाचार

काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ ।

आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सो घटनामा ३३ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख पर्साले जानकारी दिएका हुन् ।दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो ।

तर अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता राख्ने भनि आएको सुझावअनुसार समय राति १२ बजेसम्मलाई बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *