चर्चित ब्राजिलियन फुटबलर कार्लोससँगको भेटमा नेपाली खेलक्षेत्रलाई ऊर्जा थप्ने प्रधानमन्त्री ओलीको विश्वास

खेलकुद समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट भएको हो । काठमाडौंमा जारी नेपाल सुपर लिग २०२५ को खेल हेर्ने निम्तो मान्न कार्लोस मंगलबार काठमाडौं आइपुगेका छन्। उनले बुधबार दशरथ रंगशालामा हुने एनएसएल २०२५ को दोस्रो क्वालिफायर खेल हेर्नेछन् । फाइनल प्रवेशका लागि आज साँझ ६ बजे हुने दोस्रो क्वालिफायरमा धनगढी र पोखराले प्रतिस्पर्धा गर्नेछन् ।

ब्राजिलियन फुटबलका उत्कृष्ट खेलाडीमध्येका एक मानिने कार्लोसले सन् १९९७ मा फ्रान्सविरुद्ध प्रहार गरेको सशक्त फ्रिकिकलाई सर्वकालीन उत्कृष्ट फ्रिकिकमध्येको एक मानिन्छ ।
भेटका क्रममा नेपाली फुटबलको विकासमा सरकार प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले विश्वस्तरीय खेलाडीको भ्रमणले नेपाली खेलक्षेत्रलाई ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *