प्रमुख दलका शीर्ष नेता बैठकमा उपस्थित नहुँदा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम स्थगित

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो, तर स्थगित भएको हो । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा थाइल्याण्डमा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड गोरखा पुगेकाले संसदमा उपस्थित नहुँदा प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको छ।

आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *