काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा चार दशमलव ६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ ।
कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।बुधबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरेको छ।
दोस्रो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत पुगेको थियो।