काठमाडौं। रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ ।
त्यही पत्रका आधारमा रेशम चौधरीलाई अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो । मुद्दा विचाराधीन भएकै अवस्थामा एक शाखा अधिकृतबाट शंकास्पद हिसाबले पत्र जारी भएको देखियो, त्यसमाथि छानबिन गर्न महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रशासन संयन्त्रसँग समेत कुराकानी भइरहेको सर्वोच्च अदालत स्रोतले बताएको छ ।