काठमाडौं । नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
काठमाडौं उपत्यका नगरपालिकाहरूको कमिटीहरूको उपस्थितिमा जिफन्टले मजदुरको हक–अधिकारका नारा लगाउँदै दिवस मनाएको हो ।
‘महिलाको श्रमको सम्मान गर’, ‘संरचनात्मक विभेदविरुद्ध प्रतिकार, श्रमिक महिलाहरुको पहिचान, मान्यता र सुरक्षा सुनिश्चितताको अधिकार’ लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।
हरेक वर्ष मे १ तारिखका दिन नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा आजका दिन सार्वजनिक बिदा दिइएको छ ।