सरकारसँगको सहमतिमा नेपाल विद्यालय कर्मचारी परिषद्ले गर्योे अस्वीकार

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षक महासंघ र सरकारबीच बुधबार भएको सहमतिको विरोध जनाएको छ ।

परिषद्ले बुधबार भएको सहमतिप्रति असहमति जनाउँदै आपत्ति प्रकट गरेको हो । नेपाल शिक्षक महासङ्घले घोषणा गरेको दोस्रो चरणको सडक आन्दोलनपछि भएको सहमतिलाई अस्वीकार गरेको छ । बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तापछि भएको सहमतिमा आपत्तिजनक रहेको कर्मचारी परिषद्ले जनाएको छ।
२९ औं दिनमा आन्दोलन कार्यक्रम फिर्ता गरिएकोमा पनि असहमति जनाउँदै आफ्नो आधिकारिक धारणाबाहेकका बुदाँमा असहमति रहेको पनि जनाएको छ।

परिषद्ले आगामी दिनमा आन्दोलनका थप कार्यक्रम चाँडै सार्वजनिक गरिने पनि जानकारी गराएको छ। विज्ञप्तिमा परिषद्का महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *