काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेख्न दश दिनको समय थप गरिएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिवेदन लेख्न उपसमिति संयोजक छविलाल विश्वकर्माले दश दिनको समय दिन बैठकमा प्रस्ताव राखे अनुसार समितिले पारित गरेको हो । गत चैत ८ गते समितिले उपसमितिलाई ३५ दिनको समय दिएको थियो । सार्वजनिक बिदामा पनि कार्यालयमा बैठक बस्दा दफावारको छलफल सकिएको छ । अब प्रतिवेदनको मस्यौदालाई अन्तिम रुप दिन बाँकी रहेको संयोजक विश्वकर्माले बताएका छन् ।
विधेयकमा विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफा छ । १७५८ वटा बुँदामा दर्ता भएका संशोधन प्रस्ताव परेको थियो । शिक्षक महासंघ र सरकारबीच १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको छ ।